काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा बंगलादेश विजयी भएको छ । पेनाल्टी सुटआउटमा भारतलाई ४-३ गोलले पराजित गर्दै बंगलादेश विजयी भएको हो ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेको थियो । यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
योसँगै बंगलादेशले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।