एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट हुने-Sutra News

एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट हुने

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।



गत असारमा सम्पन्न एकीकृत समाजवादीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।

पदाधिकारी टुङ्ग्याउने विषयमा सहमति जुट्न नसकेसँग निर्वाचन कार्य तालिका नै सार्वजनिक गरिसकिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए । खतिवडाले आफूले उपाध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।

खतिवडाका अनुसार भोलि विहान ७ बजे मनोनयनपत्र वितरण गरिने छ । बिहान ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भोलि बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट