आज बृष, कर्कट र कुम्भ राशीको लाभलाभै, अरु राशीको दिन कस्तो ?-Sutra News

आज बृष, कर्कट र कुम्भ राशीको लाभलाभै, अरु राशीको दिन कस्तो ?

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

आज मिति २०८१ भदौ ११ गते मंगलबार । सन् २०२४ अगस्त २७ तारिख । नेपाल सम्बत ११४४ गुंलागा नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहला तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । महत्वपूर्ण काममा रोकावट र कममात्र लाभ मिल्ने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । रोकिएको धन उठ्ने सम्भावना छ ।

बृष

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्ने छन् । सहयोगीहरूले राम्रो साथ दिनेछन् । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । दिन राम्रै छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन

कर्मबल बढ्ने छ । व्यापारमा विशेष फाइदा हुने तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । रचनात्मक काम सुरु गर्न सकिने छ । टाढाको यात्राको सम्भावना छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट

नियमित कार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइने छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । तथापि, साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने योग छ । सामर्थ्य वृद्धि तथा कार्यबल बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह

प्रियजनसँगको भेटघाटले आजको दिन रमाइलो बनाउने छ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । तर, बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । दौडधुप बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या

विभिन्न अवसरले पछ्याउने र बोलीको प्रभाव पनि बढ्ने समय छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । स्वास्थ्य सवल रहला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला

प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, प्रयत्नका बाबजुद केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने सशक्त रहने छ ।

बृश्चिक

परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले सावधानीको जरुरत देखिन्छ । अध्ययन अध्यापनमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु

आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ भने परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । ठगीमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ ।

मकर

दीर्घकालीन रूपमा फाइदा पुग्ने काममा हात हाल्ने समय छ । तार्किक क्षमता पनि बढ्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने दुःख प्रदान गर्न सक्छ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । खर्च बढ्न सक्छ, सावधान रहनुहोला । रसराग तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ

साथ सहयोग दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान पनि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छ । दौडधुप वृद्धि होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्ने छ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्यमा सामान्य प्रतिकूलता देखिएपनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले भने अप्ठ्यारो पार्न सक्छ, सचेत रहनुहोला । लापर्वाहीले पहिलेका समस्या दोहोरिन सक्छन् । रसरागमा आकर्षण बढ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट