काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार)को प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । आइतबार झण्डै ८० अंकले घटेको नेप्से मंगलबारको प्रि सेसनमा एकल अंकले बढेको हो ।
प्रि सेसनमा ५.२१ अंकले बढ्दै नेप्से २८९९.७९ को बिन्दुमा उक्लिएको छ ।
प्रि सेसनमा कारोबारमा आएका ७१ कम्पनीमध्ये ३६ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्यमा गिरावट आएको छ । त्यस्तै, १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
प्रि सेसनमा १२ हजार १५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६९ लाख ७२ हजार ३३ रुपैयाँमा सीमित भयो । जुन कारोबार रकम केही साता यताकै कम हो ।
निरन्तर बृद्धिका बीच नेप्सेमा कहिलेकाहीँ ठूला करेक्सन देखिन्छन् । आइतबारको उच्च अंकको गिरावटले आजको बजारलाई थप अगाडि लैजाने आशा लगानीकर्ताले गरेका छन् । किनकी यसअघि २७ सयको बिन्दुमा पुगेपछि १४५ अंकको गिरावट आएको थियो । त्यसयता भने निप्सेमा निरन्तर उछाल देखिएको थियो ।