काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरू र दलहरूलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् ।
सिंहले बंगलादेशमा पनि शेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफूले भयाभव अवस्था आउँदै गरेको देखेको बताए । उनले दलहरूले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्वविद्यालय आफ्नै विद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।
सिंहले नेताहरू नसुध्रिएमा हावा हुण्डरीले नेताहरूलाई उडाउने चेतावनी दिए ।