काठमाडौं । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले एक विज्ञप्ती जारी गर्दै फिल्मको प्रोस्ट प्रोडक्सन र छायांकनको केही काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नहुने निर्माण पक्षले जनाएको छ ।
“समय तालिकामै फिल्म रिलिज गर्ने हाम्रो अथक प्रयास रहे पनि बाँकी छायांकन र पोस्ट-प्रोडक्सन कार्यहरूलाई अपेक्षा गरिएभन्दा बढी समय लाग्ने देखिएको छ,” विज्ञप्ति जारी गर्दै निर्माणपक्षले भनेको छ, “परिणामस्वरूप हामी असोज ३ को लागि तय गरिएको रिलिज मितिमा नआउने निर्णय गरेका छौँ ।”
असोज ३ मा प्रदर्शज नहुने फिल्म अब कहिले प्रदर्शनमा आउँछ निर्माणपक्षले जानकारी गराएको छैन । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेता सुशिल श्रेष्ठ चलचित्रको मुख्य भूमिकामा छन् । उनीसँगै फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा अमित अग्रहरीको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्माता विकाश चौधरी हुन् ।
स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको फिल्ममा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।
फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ । फिल्मलाई अशोक शर्माको डीसीएनले वितरण गर्दैछ ।