बाढीले पुल भत्काउँदा स्कुल बन्द-Sutra News

बाढीले पुल भत्काउँदा स्कुल बन्द

मंगलबार, ११ भाद्र २०८१

मंगलबार, ११ भाद्र २०८१

काठमाडौं । बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका ६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ ।



खोला तर्न नसक्दा विद्यार्थी विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् । विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नु परेको विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पूरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए ।

“पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ,” उनले भने । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट