काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । कतारबाट ल्याएको सुनसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका ४ का २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका ३ का ४१ वर्षीय सन्तोषकुमार कुँवर रहेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए । उनले ल्याएको सुन कुँवरले रिसिभ गरेका थिए । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।