काठमाडौं । अभिनेत्री पूजा शर्मा पहिरनका कारण ट्रोलको शिकार भएकी छन् ।
एक हप्ताअघि फिल्म ‘सतिदेवी’को प्रिमियर शो कार्यक्रममा जाँदा लगाएको पहिरनका कारण सामाजिक सञ्जालमा यसबारे विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । जहाँ केहीले उनको समर्थन गरेका छन् भने केहीले आलोचना । कतिपयले उनको पहिरनलाई ‘अनुचित’ र ‘अफ्ठ्यारो’ भनेका छन् । जसले गर्दा उनको तस्बिरहरूलाई ट्रोल गर्ने क्रम बढ्दो छ ।
सार्वजनिक कार्यक्रममा उनले भान्सामा प्रयोग हुने एप्रोनसँग मिल्दोजुल्दो पहिरनमा उपस्थिति जनाएपछि उनी सामाजिक सञ्जालमा व्यापक आलोचनाको सामना गरिरहेकी छन् ।
पूजाले लगाएको पहिरनले इनर वेयरको अभावमा उनको वक्षस्थलका दुवै साइड खुल्ला देखिएको थियो । जसले गर्दा, उनको पहिरनलाई लिएर सामाजिक सञ्जालमा यसबारे धेरैले आलोचना गरिरहेका छन् । टिकटकमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “मेरो मासु काट्ने एप्रोन कता हरायो ? भनेको पूजा शर्मा लगाएर हिँडेकी रहिछन् ।” उनले यसरी उनको पहिरनलाई लिएर व्याङ्ग्य गरेका छन् ।
सरकारले टिकटकमा प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूजालाई यस पहिरनको कारण मजाकको विषय बनाएका हुन् । पूजा अहिले आफ्नो होम प्रोडक्सन फिल्म ‘रावायण’ प्रचार प्रसारमा व्यस्त रहेकी छन् । तर, यसबीच उनले आफ्नो पहिरनको कारण अनलाइनमा नकारात्मक प्रतिक्रिया पाउने काम भएको छ ।
पूजाले यस विषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् । तर, उनले लगाएको पहिरनले गसिप भने निम्त्याएको छ ।