काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले राजनीतिक दलहरू सच्चिनु पर्ने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा लामिछानले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् । आम नागरिकले राजनीतिक दललाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको बताए ।
लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको बताउँदै नतिजामुखी काम गर्न सक्नु पर्ने धारणा राखे । उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे ।