काठमाडौं । सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएको बताउँदै समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नु पर्ने जोड दिएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले भनिन्, “शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसईई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।”
यस्तै, सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढी पहिरोले देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनु पर्ने बताए । उनले भने, “भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।”