काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन मंगलबार भएकाे निर्वाचनकाे परिणाम बुधबार आएको हो ।
जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन्। नले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
त्यस्तै, मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन्। साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए।
निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन्।
उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन्। आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन्।
यस्तै, खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन्।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। मंगलबार नै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका थिए।
बाँकी १७ पदका लागि भएकाे निर्वाचनमा ६७ जना प्रतिस्पर्धामा थिए।