प्रिसेसनमा कारोबारसँगै बढ्यो नेप्से, आज के होला ?-Sutra News

प्रिसेसनमा कारोबारसँगै बढ्यो नेप्से, आज के होला ?

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । लगातार दुई दिनसम्म उच्च अंकले घटेको नेप्से प्रि–सेसनमा बढेको हो ।



प्रि सेसनमा ८.४८ अंकले बढ्दै नेप्से २७९१.०९ को बिन्दुमा उक्लिएको छ ।

प्रि सेसनमा १८ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड १७ लाख १५ हजार रुपैयाँको भयो । जुन केही कारोबार दिन यताकै बढी हो ।

प्रिस सेसनमा नेपाल फाइनान्स, एभरेष्ट बैंक, डोल्टी पावर र नबिल बैंकलगायतको कारोबार उच्च भयो । नेपाल फाइनान्सको मात्रै कारोबार रकम ३२ लाख ८३ हजार रुपैयाँको भयो ।

प्रि सेसनमा कारोबारमा आएका ७९ कम्पनीमध्ये ४४ कम्पनीको मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घट्यो । १४ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आइतबार ७९.८८ अंकले घटेको नेप्से मंगलबार १११.९६ अंकले घटेको थियो । लगातार उच्च गिरावटका बीच नेप्से कता जाला भन्ने चिन्ता देखिएको छ । यस्तो प्रि सेसनले भने नेप्सेले पुनः लय लिने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट