बरामद अवैध सुन र चाँदीसहित चार जना सार्वजनिक-Sutra News

बरामद अवैध सुन र चाँदीसहित चार जना सार्वजनिक

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । प्रहरीले बरामद गरेको अवैध सुनचाँदी सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।



नेपालगञ्ज उपमहानगर ११ बीपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामसहित चार जनालाई पक्राउ गरिएको हो ।

वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ । बरामद भएको सुनचाँदी र सवारी साधनसहित एक करोड पाँच लाख ३३ हजार मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।

बर्दियाको राजापुर नगरपालिका ८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज १९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी ४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट