चुम भ्यालीमा ३५ वर्ष हराएका प्रकाशलाई सहयोग गर्न प्रधानमन्त्रीको पहल-Sutra News

चुम भ्यालीमा ३५ वर्ष हराएका प्रकाशलाई सहयोग गर्न प्रधानमन्त्रीको पहल

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’को पछिल्लो एपिसोडमा देखिएका प्रकाश तामाङको कथा हेरेपछि तत्काल नागरिकता दिलाउन पहल गरेका छन् ।



प्रकाशलाई तत्काल नागरिकता आवश्यकता रहेको भन्दै प्रधानमन्त्री अ‍ोलीले मंगलबार राति गृह सचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेका थिए ।

ओलीले भने, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता रहेको बुझियो, नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ, नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो, उहाँले प्रकाशलाई दुई चार दिनभित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ ।’

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई चार दिनमा नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने भएका छन् । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘शुभ बिहानी, हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ, उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन, पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो,’ उनले भने ।

नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रकाश १० वर्ष हुँदा कामको खोजीमा झापाबाट काठमाडौं आएका थिए । काम नपाएपछि उनी गोरखाको चुम भ्याली पुगेका थिए । उनले सोही ठाउँमा ३५ वर्ष बिताए । यस क्रममा उनले आफ्नो परिवारसँग सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट