अमेरिकामा गोली प्रहार गरी फेरि नेपालीको हत्या-Sutra News

अमेरिकामा गोली प्रहार गरी फेरि नेपालीको हत्या

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा मुना पाण्डे रहेकी छन् । उनी आफ्नै बसेको अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।



पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा भेटिएकी थिइन् । सोमबार बेलुका साढे ५ बजे ह्युस्टन प्रहरी घटना स्थल पुग्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीका अनुसार पाण्डेलाई अपार्टमेन्टभित्र धेरै वटा गोली लागेको देखिएको छ । भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययन गर्न अमेरिका पुगेकी थिइन् ।

पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन् । उनी सुरुमा नेपालबाट गएकी साथीसँग बसेकी थिइन् । पछिल्लो समय उनी अपार्टमेन्ट लिएर एक्लै बस्दै आएकी थिइन् ।

हालसम्म घटनामा रहेको आरोपमा कोही दोषी पक्राउ पर्न सकेका छैनन् । प्रहरीले अनुसन्धान जारी हुँदा पाण्डेको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

एक महिनाअघि अर्थात गत साउन १४ गते पनि अमेरिकामा एक नेपाली युवाको गोली हानी हत्या भएको थियो । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका १० का ३० वर्षीय युवा दीपक वलीको हत्या भएको हो ।

उनी करिब ८० लाख रुपैयाँ खर्चिएर अवैध बाटो अमेरिका पुगेका थिए । अमेरिका पुगेको एक वर्षपछि उनीमाथि गोली प्रहार भएको हो । उनी ग्यास स्टेशनमा क्यासियरको काम गर्दै आएका थिए । काम गरिरहँदा उनको हत्या भएको प्रहरी जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट