काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
मंगलबार स्थिर रहेको सुनको मूल्य बढेसँगै नयाँ कीर्तिमान बनेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि एक लाख ५३ हजारमा कारोबार हुँदै कीर्तिमान बनाएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।