भारतीय बस दुर्घटना- बुबाआमाको शव लगियो, छोरा अझैसम्म बेपत्ता-Sutra News

भारतीय बस दुर्घटना- बुबाआमाको शव लगियो, छोरा अझैसम्म बेपत्ता

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१
फाइल फोटो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एक जना पाँच दिनसम्म बेपत्ता भएका छन् ।



पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मंगलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए ।

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशंका रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ । बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रनाउ रायले भने, ‘घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन्, सम्भावित ठाउँमा खोजी भइरहेको छ ।’ प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट