टीआरसी विधेयक प्रमाणित-Sutra News

टीआरसी विधेयक प्रमाणित

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । संक्रमण कालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) प्रमाणित भएको छ । सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रमाणित गरेका हुन् ।



संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको हो । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

सभामुखबाट प्रमाणित विधेयक अब राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट