संसदमा एमाले र माओवादीका सांसदबीच भनाभन-Sutra News

संसदमा एमाले र माओवादीका सांसदबीच भनाभन

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदबीच विवाद भएपछि संसद बैठक अवरुद्ध बनेको छ ।



एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदले आपत्ति गरेका थिए ।

त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिए पनि विवाद बढेको थियो ।

माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियमअनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट