खेलाडीको तलब ३० हजार हुँदा महासचिवको तलब तीन लाख तोकियो-Sutra News

खेलाडीको तलब ३० हजार हुँदा महासचिवको तलब तीन लाख तोकियो

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्य समिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर (दुई लाख ७० हजार रुपैयाँ) हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।



खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार रुपैयाँ बनाएको एन्फाले महासचिवको तलब एक लाख २० हजारबाट बढाएर दुई लाख ७० हजार पुर्याएपछि आलोचना भएको हो ।

अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख गरेका थिए । बैठकमा असन्तुष्टि भए पनि यो प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट