प्रदीप र बेनिशाको ‘एक्लो’को शुभ मुहूर्त, बिहीबारबाट छायांकन-Sutra News

प्रदीप र बेनिशाको ‘एक्लो’को शुभ मुहूर्त, बिहीबारबाट छायांकन

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं। फिल्म ‘एक्लो’ को शुभ मुहूर्त सम्मपन्न गरिएको छ । बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।



शुभमुहुर्तमा मुख्य कलाकारहरु बेनिशा हमाल, बलायती अभिनेता जेमी बेकम, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, कविता नेपाली लगायत उपस्थित थिए ।

फिल्मको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, फिल्म अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए ।

अरु नेपाली फिल्ममा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने दाबी गर्दे  उनले भने, ‘म नेपाली फिल्म भन्दा पनि विश्व फिल्म भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो फिल्म बन्दै छ । तपाईहरुको सहयोगको खाँचो छ ।’

बिहीबारबाट छायांकन सुरु गर्ने तयारीसहित शुभमुहुरत सम्पनन गरेको फिल्मले बुधबार फाइनल वर्कसप सक्दै छ । फिल्मका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका थिए ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो फिल्मको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

फिल्ममा प्रदिप खड्का, बेनिशा हमाल्, विजय लामा, सुनिल थापा, दीया पुन , दिनेश डि.शि, कबिता नेपालि, अवोन राज उप्रेति, सुरज सिङ ठकुरि, त्रुचु राई, कृश्न भक्त महर्जन्, बिकाश अधिकरि, दिग्गज खत्री, बिनोद कुमार सुबेदि क्षीतिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेठ् र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।

जेमी फिल्मको छायांकनका लागि मंगबार मात्र नेपाल आएका हुन । उक्त फिल्मका निर्माता राजु कुमार गुरुङ्, हरी श्रेष्ठ, बिष्णु तामङ्, उत्सब बिस्ट, भाइराजा थापा, नबिन सिवा, बागबिर पुन हुन् भने कार्यकारी निर्माता बिनोद कुमार सुबेदी क्षीतिज रहेका छन । फिल्मको छायाँकारमा बाबु श्रेठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा रहेका छन्।

फिल्मलाई ४५ दिनको समय तालिकामा काठमाडौं र मुस्ताङमा तयार सेटमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट