काठमाडौं । घरेलु मैदानमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो ।
बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरे । त्यसपछि दोस्रो गोल उनले नै खेलको ५५ औँ मिनेटमा गरेका थिए ।
त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१ औँ मिनेटमा रब्बी हुसेनले गर्दा ९० औँ मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।
नेपालका लागि एक मात्र सान्त्वना गोल समीर तामाङले ८० औँ मिनेटमा गरेका हुन् । समूह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोललेल पराजित गर्दै गरेको थियो ।
योसँगै बंगलादेशले पहिलो पटक साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको हो । बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।