अमेरिकामा मुनामाथि गोली हान्ने अभियुक्तको फोटो सार्वजनिक-Sutra News

अमेरिकामा मुनामाथि गोली हान्ने अभियुक्तको फोटो सार्वजनिक

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली प्रहार गर्ने अभियुक्तको फोटो सार्वजनिक भएको छ ।



अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको फोटो सार्वजनिक भएको हो । तर, पहिचान खुल्न सकेको छैन ।

सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट