प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आज के होला ?-Sutra News

प्रिसेसनमा झिनो अंकले बढ्यो नेप्से, आज के होला ?

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । अघिल्लो कारोबार दिन झिनो अंकले बढेर बन्द भएको नेप्से प्रिसेसन पनि ४.८८ अंकले बढेको हो ।



प्रिसेसनमा ४.८८ बढ्दै नेप्से २७९१.२९ को बिन्दुमा उक्लिएको छ ।

प्रि सेसनमा ५२ कम्पनीको कारोबार हुँदा २० कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको मूल्य घट्यो । विशेषगरी जलविद्युत समूहका कम्पनीको मूल्य बढेको छ ।

प्रिसेसनमा ९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५३ लाख ८७ हजार रुपैयाँको भयो । जुन केही दिनयताकै प्रिसेसनमा भएको कम कारोबार हो ।

प्रिसेसनमा सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको सेयर किनबेच भएको छ । जसको कारोबार रकम १६ लाख ३१ हजार रुपैयाँ बराबर भएको छ ।

निरन्तर गिरावटका बीच बुधबार नेप्सेमा उच्च उतारचढाव भएको थियो । तर, लगानीकर्ता न्यूट्रल रहँदा कारोबार रकम बढ्न सकेन । साथै, आशातितरुपमा नेप्सेमा बृद्धि भएन ।

लगानीकर्ताहरुले आजको कारोबारसँगै नेप्सेले पुरानै लय समात्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट