‘रेड कार्पेट मिरर वाल्क’ सहित ‘वर एण्ड वधु’को भव्य प्रिमियर, आँखा शीतल बनाएको प्रतिक्रिया-Sutra News

‘रेड कार्पेट मिरर वाल्क’ सहित ‘वर एण्ड वधु’को भव्य प्रिमियर, आँखा शीतल बनाएको प्रतिक्रिया

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं । फिल्म ‘वर एण्ड वधू’को भव्य प्रिमियर सम्पन्न भएको छ । शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको यो फिल्मको बुधबार बेलुकी ललितपुरको लाबिम महलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो ।



उक्त प्रिमियरलाई भव्य बनाउन फिल्मका निर्देशक मिलन चाम्सले कुनै कसर बाँकी राखेका थिएनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मकर्मी, पत्रकार र राजनीतिज्ञहरू उपस्थिति रहेका थिए ।

हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरू केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरू आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।

फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे । यस्तै, वरिष्ठ कलाकार द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटोको तारिफ गरे ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । उनले, आँखा शीतल हुने फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए ।

नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

फिल्म हेरेका अधिकांशले नव-नायक विवेक कर्माचार्यको कामको पनि खुलेरै तारिफ गरे । विवेक नयाँ नायक जस्तो नलागेको अधिकांशको भनाई थियो ।

भोलिबाट रिलिजमा आउन लागेको फिल्मले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यसैले, देशभरका दर्शकले यो फिल्मलाई रुचाउने विश्वास गरिएको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, रविन्द्र खड्का, सृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सीता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्धाजको पटकथा लेखन रहेको फिल्मका कार्यकारी निर्माता डा. अमित रिजाल हुन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा जानुका थापाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट