प्रहरी उच्च अधिकारीहरुले दायर गरेको रिटमा सुनुवाइ हुँदै-Sutra News

प्रहरी उच्च अधिकारीहरुले दायर गरेको रिटमा सुनुवाइ हुँदै

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१
adalat

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।



नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँच जना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकाश रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुँदै छ ।

प्रहरी नियमावली २०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए । अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए । उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको थियो ।

अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट