अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा एक जना पक्राउ-Sutra News

अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा एक जना पक्राउ

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पुरुष पक्राउ परेका छन् ।



अमेरिकाबाट नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कमा जनाइएअनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हान्ने सन्दीग्धलाई पक्राउ गरेको हो ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । पक्राउ परे पनि उनको पहिचान गोप्य राखिएको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९ः४८ बजे मुना बसेको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो । सोही आधारमा उनको खोजी भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट