काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम गर्ने भएको छ । कम्पनीले आगामी भदौ २१ देखि ३० गतेसम्म उत्सव मनाउन लागेको हो ।
कम्पनीले आनन्दनगरस्थित आफ्नो टोयोटा शोरूममा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’लाई सहयोग गर्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजनादेखि विभिन्न अवसर ल्याएको छ ।
नेपालीहरूको पर्वहरूलाई लक्षित गरी आयोजना गरिने कार्यक्रममा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बीमालगायत सेवा पाउने कम्पनी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकले ‘लक्की ड्र’मार्फत विभिन्न उपहार जित्न सक्ने छन् । ग्राहकको सजिलोका लागि नबिल बैंक र एभेरेष्ट बैंकमा बैंकिङ फाइनान्सको व्यवस्था मिलाइएको छ । जारी नाडा अटो शोमा टोयोटाले सहभागी जनाएको छैन ।