थामिएन नेप्सेकाे पहिरो-Sutra News

थामिएन नेप्सेकाे पहिरो

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । बिहीबार ३६.८३ अंकले घट्दै नेप्से २७४९.५७ को बिन्दुमा झरेर बन्द छ । समग्रमा नेप्से १.३२ प्रतिशतले घटेको छ ।



यो साताको सुरुवातसँगै नेप्सेमा निरन्तर उच्च अंकको गिरावट आएको थियो । आइतबार १११.९६ अंकले घटेको नेप्से मंगलबार पनि ७९.८८ अंकले घटेको थियो । यद्यपि, बुधबार नेप्से ३.८० अंकले बढेको थियो ।

तर, बिहीबार ३६.८३ अंकले घट्दै सोही लयलाई पछ्याउँदै नेप्से बन्द भएको छ ।

बिहीबार सामूहिक लगानी समूह बाहेकका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक १.८१, विकास बैंक १.१२, वित्त ०.९४, होटल तथा पर्यटन १.८१, जलविद्यूत ०.१३, लगानी ०.९९, जीवन बिमा २.०९, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त २.०१, निर्जिवन १.८८, अन्य ०.५२ र व्यापार ०.६९ प्रतिशतले घट्दा सामूहिक लगानी ०.१० प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये ५३ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८८ कम्पनीको मूल्य घट्यो ।

उच्च अंकको गिरावटसँगै नेप्सेमा कारोबार रकम पनि निकै घटेको छ । बिहीबार २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको भयो । जुन डेढ महिनायताकै कम कारोबार रकम हो ।

यसअघि साउन २ मा नेप्सेमा १२ अर्ब हाराहारीको कारोबार भएको थियो । त्यसयता यो सबैभन्दा कम कारोबार रकम हो ।

बिहीबार गुडविल्स फाइनान्स, अपि पावर, हिमालयन रि इन्स्योरेन्स, नेपाल फाइनान्सलगायतका कम्पनीको सेयर किनबेच उच्च भएको छ ।

विशेषगरी पुराना लगानीकर्ता नाफा बुक गर्न लालायित भइरहँदा नेप्सेमा तिव्र उतारचढाव भइरहेको देखिन्छ । सेयर बजार विश्लेषकहरु अहिलेको गिरावटलाई करेक्सनको रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट