प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न गगन थापाको आग्रह-Sutra News

प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न गगन थापाको आग्रह

बिहिबार, १३ भाद्र २०८१

बिहिबार, १३ भाद्र २०८१

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले एकछिनको लाभका लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका हुन् ।



बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुन सक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एकछिनको लाभको लागि उत्तेजनताको राजनीति कसैले गर्न नहुने बताएका हुन् ।

एकछिनको लाभको उत्तेजनाले आफैलाई जलाउन सक्ने उल्लेख गर्दै उनले प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनु पर्ने धारणा राखे ।

त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफूहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको दाबी गरे । रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले ९ मिनेटमा स्पष्ट पार्ने दाबी गरेका व्यक्तिले समितिमा ९ घण्टासम्म बयान दिनु परेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट