काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले बैठक बोलाएका हुन् ।
कांग्रेसका एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भए पनि परिमार्जन गराउने तयारीमा देउवा छन् । देउवाले दुबै महामन्त्रीलाई बोलाएर परिमार्जन गर्न आग्रह गरेका थिए ।
यद्दपि, दुवै महामन्त्रीले नमानेपछि पदाधिकारी र पूर्वपदाधिकारीका बैठक बोलाएका हुन् । बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक १६ भदौमा बस्दैछ ।
महामन्त्री थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने विषय समेटेर प्रतिवेदन बनाएका छन् भने महामन्त्री शर्माले प्रतिवेदनमा एक्जिट पोलिसीबारे तयार गरेका छन् । यस्तोमा देउवा कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छन् भने थापा र शर्मा एजेन्डाबाट पछि नहट्ने पक्षमा छन् ।