हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ-Sutra News

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेर रेकर्ड बनाएकाे सुनकाे मूल्य आज प्रतिताेताल तीन सय रूपैयाँले घटेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनकाे मूल्य घट्दै गर्दा स्थानीय बजारमा शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १० रूपैयाँले घट्दै शुक्रबार एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वमा तनाव बढ्दै गर्दा विश्वभर सुनकाे माग बढेकाे छ । जसकाे प्रभाव मूल्य क्रमशः आकासिँदाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट