नाडा अटो शाेमा हटकेक बन्यो ‘स्काईवेल बी ११’-Sutra News

नाडा अटो शाेमा हटकेक बन्यो ‘स्काईवेल बी ११’

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरै आगन्तुकको आँखा स्काईवेलको स्टलमा परेको छ । भिजिटरको उच्च आकर्षण देखिएको कारण स्काईवेल ब्रान्ड शोमा ‘हटकेक’ बनिरहेको छ ।



युरोपमा समेत प्रख्याति पाएको स्काईवेल नेपालमा मूल्य र प्रिमियम दुवैका  हिसाबले उपयुक्त भएको कारण रोजाइमा परेको हुनसक्ने देखिन्छ । ब्राण्डको विश्वसनीयतासँगै नेपाली उपभोक्ता अनुकूल मूल्य भएको कारण धेरैको रोजाइमा परेको हुनसक्ने नेपालका लागि आधिकारिक विक्रेता जि मोर्टसका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बताउँछन् ।

“एकातिर स्काईवेल युरोपमा समेत उत्कृष्ट कहलिएको ब्रान्ड हो भने अर्कोतिर मूल्यअनुसार धेरैले अफोर्ड गर्न सक्ने प्रिमियम जक्जरीयुक्त गाडी हो”, जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल भन्छन्, “नेपालमा मूल्यअनुसार सबैभन्दा बढी रेन्ज दिने भएको कारण पनि धेरैको रोजाइमा परेको हुनसक्छ ।”

मूल्यअनुसार सबै सुविधा भएको र सिटी मात्रै नभई अफरोडका लागि पनि उपयुक्त भएको कारण पनि उपभोक्ताले रोजेको हुनसक्ने उनले बताए । सँगै, नेपालमा भित्रिएका अन्य धेरै इभीहरु १०० किलोवाट क्षमताका मात्रै छन् तर, स्काईवेलको तीन वटै मोडल १५० किलोवाट मोटर क्षमता भएका कारण पनि उपभोक्ताले रोजाइमा पारेको हुनसक्ने गेलालको भनाई छ ।

गेलालले बताएअनुसार स्काईवेलका तीन ब्रान्डमध्ये नाडा अटो शोमा सबैभन्दा बढी ५२० र ४१० रेन्ज दिने दुई मोडललाई धेरैले मनपराएका छन् । “सायद, मूल्यअनुसार भएर पनि होला, धेरैले ५२० र ४१० रेन्ज दिने मोडल रोजाइमा पार्नुभएको छ, बुक भएका अधिकांश पनि यही मोडलका छन्”, उनले भनेका छन् ।

कम्पनीका अनुसार नाडा अटो शोमा मात्रै हालसम्म ४० भन्दा बढी गाडीको बुकिङ भइसकेको छ । अन्तिम दिनसम्म १५० हाराहारी बुकिङ हुने अपेक्षा कम्पनीको छ ।

नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको छ । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजारमा पाउन सकिन्छ भने ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारसम्म पाउन सकिन्छ । यस्तै, ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा पाउन सकिन्छ ।

नेपालमा जी मोटर्सले स्काईवेल गाडीको बिक्री गत वैशाख ६ बाट सुरु गरेको थियो । हालसम्म कम्पनीले नेपालमा ८० वटाभन्दा बढी बिक्री गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट