जापानमा बढ्याे बेरोजगारी दर, आप्रवासीले थप सकस झेल्नुपर्ने-Sutra News

जापानमा बढ्याे बेरोजगारी दर, आप्रवासीले थप सकस झेल्नुपर्ने

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडाैं । जापानमा बेरोजगारी दर एक महिनाअघिको तुलनामा जुलाई महिनामा थप बढेको जापान सरकारले जनाएकाे छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै जापानकाे सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयले यस्ताे जनाएकाे हाे ।



मन्त्रालयका अनुसार मौसमीरूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।

निरन्तर बेराेजगारी दर बढिरहँदा जापानमा जाने आप्रवासीलाई थप सकस हुने देखिएकाे छ । विशेषगरी शिक्षा र अन्य शीर्षकमा गएर राेजगारी खाेज्ने व्यक्तिहरू थप समस्यामा पर्ने देखिन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट