युवा तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम गर्दै बरदान-Sutra News

युवा तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम गर्दै बरदान

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । आईभीएफ पद्धतिमार्फत निःसन्तान दम्पतीलाई गर्भाधान गराई सन्तानको खुसी दिँदै आएको वरदान फर्टिलिटी सेन्टरले युवा तथा विद्यार्थी लक्षित सचेतनामूलक अभियान सुरु गरेको छ । प्रजनन क्षमतामा परेको प्रभावबारे जानकारी दिने उद्देश्यले सेन्टरले अभियान चलाएको हो ।



यसैक्रममा सेन्टरले ग्लोबल इन्टरनेशनल कलेज, काठमाडौंमा युवा तथा विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न गरेको छ । बरदान फर्टीलिटी सेन्टरकी प्रमुख प्रजनन् विशेषज्ञ डा. सविना सिंखडाका अनुसार जीवनशैली र प्रजनन क्षमतामा पार्ने प्रभाव र समस्या समाधानका उपायबारे संस्थाले सचेतनामूलक कार्यक्रम गरेको हो ।

ग्लोबल कलेजमा आयोजित कार्यक्रममा करिब ६० जना विद्यार्थी र १० जना कर्मचारीको सहभागिता रहेको उनले जनाइन् । उनका अनुसार संस्थाले युवा तहमै यसबारे राम्रो ज्ञान भएमा पछि समस्या कम हुने बुझाईसहित सचेतनामूलक कार्यक्रम चलाएको हो ।

संस्थाले आगामी समयमा पनि यस कार्यक्रमलाई थप अन्य क्षेत्रमा पनि विस्तार गरेर जाने उनले जनाइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट