वरियता मिचिएकाे विवाद : सचिव ज्ञवालीले दिए राजीनामा-Sutra News

वरियता मिचिएकाे विवाद : सचिव ज्ञवालीले दिए राजीनामा

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।



आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाइएपछि असन्तुष्ट बनेको ज्ञवालीले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वरियता मिच्दै चौथो नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । जुन निर्णय बाहिरिएलगत्तै ज्ञवालीले राजीनामा बुझाएका हुन् ।

ज्ञवालीको राजीनामा स्वीकृति भइसकेको छ ।

वरिष्ठताका आधारमा ज्ञवाली एक नम्बरमा थिए । यद्यपि, सरकारले वरिष्ठतालाई मिच्दै चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

वरिष्ठताका आधारमा राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो नम्बरमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट