हार्दिक आई.भि.एफ सेन्टरको तिज अफर : परामर्शसहित विभिन्न सेवा निःशुल्क-Sutra News

हार्दिक आई.भि.एफ सेन्टरको तिज अफर : परामर्शसहित विभिन्न सेवा निःशुल्क

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । निःसन्तान दम्पत्तीहरुलाई सन्तान सुख दिन सफल हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले तिज पर्वलाई केन्द्रित गरी अफर सार्वजनिक गरेको छ । सेन्टरले भाद्र महिनाभर लागु हुने गरी आफ्नो सेवामा अफर घोषणा गरेको हो ।



तिज अफरमा सेन्टरले डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तै, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आई.भि.एफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिने जनाएको छ ।

सेन्टरले निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई आईयुआई, आईभिएफलगायतका अन्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट