प्रधानमन्त्री ओली चढेको हेलिकोप्टरमा समस्या आएपछि…-Sutra News

प्रधानमन्त्री ओली चढेको हेलिकोप्टरमा समस्या आएपछि…

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं । शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन हेलिकाेप्टर चढेर काभ्रेको धुलिखेल पुगे । प्रधानमन्त्री ओली हेलिकाेप्टरमा धुलिखेल त पुगे तर, फर्किने बेलामा समस्यामा परे ।



कारण उनी सवार हेलिकाेप्टरमा प्राविधिक समस्या आयाे ।

प्रधानमन्त्रीले धुलिखेल जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। एनए ०६७मा समस्या देखिएपछि उनी केही समय धुलिखेलमै राेकिए ।

तर, पुनः नेपाली सेनाको अर्काे हेलिकाेप्टर मगाएर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् । ओली सेनाकाे एमआइ १७ हेलिकप्टर चढेर फर्किएका हुन् ।

“हेलिकोप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीलाई लिन अर्को हेलिकोप्टर गएको हो,” नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने, “एमआई १७ हेलिकोप्टरमा प्रधानमन्त्री काठमाडौं फर्किसक्नु भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट