काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर-Sutra News

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

शुक्रबार, १४ भाद्र २०८१

शुक्रबार, १४ भाद्र २०८१

काठटमाडौं । भक्तपुरको सूर्यविनायक ५ स्थित कटुञ्जेमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा कटुञ्जे सामुदायिक सिकाई केन्द्र र समाज सुधार बचत तथा ऋण सहकारीको आयोजनामा शिविर सम्पन्न भएको हो ।



शिविरमा जनरल मेडिकलदेखि विभिन्न १२ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । आयोजकले जनाएअनुसार शिविरमा ४६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरबाट ७२ जनाले युएसजी, ५८ जनाले इसिजी, ९८ जनाले ल्याब टेस्टको सुविधा लिएका छन् । १८ जनाको दाँतको उपचार भएको आयोजकले जनाएको छ ।

जनाइएअनुसार २३ जना बिरामीलाई काठमाडौं मेडिकल कलेज रिफर गरिएको छ ।

शिविर सञ्चालनमा प्राविधिक सहयोग गरेको काठमाडौं मेडिकल कलेजले रिफर बिरामीलाई ओपिडी, अप्रेसनलगायतका सेवामा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट