काठमाडौँ । भारतको समस्तीपुरमा गत आइतबार भएको बस दुर्घटनामा घाइते भएका एक जना तीर्थयात्रीको मृत्यु भएको छ । बाराको बारागढी नगरपालिकाका तीर्थालु सवार बस दुर्घटनामा घाइते भएका वर्षीय किशोरीराम महरा चमारको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा पटनामा मृत्यु भएको हो । घाइते किशोरीको समस्तीपुरबाट ‘रेफर’ गरी पटनास्थित एम्स अस्पताल लगेर थप उपचार गरिएको थियो ।
किशोरीको शव शुक्रबार राति नेपाल ल्याइएर अन्त्येष्टिसमेत गरिएको स्थानीयबासीले जनाएको छ । किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजिता घाइते भएका थिए ।
बारागढी गाउँपालिकाका तीर्थालु बोकेको बसलाई बिहारको समस्तीपुरको मुसरीघरारीमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो । दुर्घटनामा बसमा सवार सबै घाइते भएका थिए ।