काठमाडौँ । बलिउडमा शाहरुख खान सबैभन्दा धनी कलाकारको रुपमा अगाडि रहेका छन् । शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुखले इन्ट्री गरेका छन् ।
जसअनुसार शाहरुखको अहिलेको सम्पत्ति कूल ७३ सय करोड भारू रहेको छ । शाहरुखले अभिनयबातप कमाउनेबाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज रहेको छ भने आईपीएल टिम कोलकोता नाइट राइडर्ससमेत रहेको छ ।
त्यस्तै, बलिउडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनरसमेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ ।
त्यसपछि बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा छन् । उनको कूल सम्पत्ति दुई हजार करोड रहेको छ । चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । उनको कूल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।
पाँचौँ स्थानमा बलिउडका निर्माता एवम् निर्देशक करण जोहर रहेका छन् । करणको कूल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन रहेको छ ।