कांग्रेस बैठक- गगन थापाको प्रतिवेदन संशोधन हुने, विश्वप्रकाशको प्रतिवेदन यथावत-Sutra News

कांग्रेस बैठक- गगन थापाको प्रतिवेदन संशोधन हुने, विश्वप्रकाशको प्रतिवेदन यथावत

शनिबार, १५ भाद्र २०८१

शनिबार, १५ भाद्र २०८१

काठमाडौँ । नेपाली काग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जन गरी अघि बढाउने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन गरी अघि बढाउने निर्णय गरेको हो ।



बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउँसो पुनः पदाधिकारी बैठक बसेर आवश्यक छलफल गरिने उनको भनाइ थियो ।

केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

यस्तै, महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा अहिले यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । उनको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसदलगायतको कार्यकाल तोक्ने गरी संविधान संशोधन हुनु पर्ने उल्लेख छ ।

केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायतका ११ एजेण्डामाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट