साथीको हत्या आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ-Sutra News

साथीको हत्या आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

शनिबार, १५ भाद्र २०८१

शनिबार, १५ भाद्र २०८१

काठमाडौँ । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका ७ का ६५ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।



म्यागङ गाउँपालिका ३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकारसहित प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट