मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै-Sutra News

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

शनिबार, १५ भाद्र २०८१

शनिबार, १५ भाद्र २०८१

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तीस दिनभित्र विश्वासको मत लिने बताएका छन् ।



मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानून अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् । उनले विश्वासको मतका लागि मिति तय हुन बाँकी भएको बताए ।

प्रदेशसभामा काग्रेस–एमालेको दुई तिहाई भए पनि विश्वासको मत लिने उनको भनाइ थियो । उनले माओवादी प्रतिपक्षीमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरे । माओवादीले समर्थन फिर्ता लिएसँग मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट