आईसीसी टी-२० विश्वकप खेलेका खेलाडीलाई पुरस्कार दिने निर्णय-Sutra News

आईसीसी टी-२० विश्वकप खेलेका खेलाडीलाई पुरस्कार दिने निर्णय

शनिबार, १५ भाद्र २०८१

शनिबार, १५ भाद्र २०८१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी २० विश्वकपमा सहभागी भएका खेलाडीलाई पुरस्कार दिने भएको छ । अमेरिका र वेस्टइन्डिजमा सम्पन्न विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने भएको हो ।



क्यान कार्य समिति बैठकले टोलीका खेलाडीलाई तीन लाख र अन्य सपोर्ट स्टाफलाई जनही एक लाख ५० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालले विश्वकपमा खेलेको चार खेलमा तीनमा हार बेहोरेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

क्यानले सबै प्रदशेका क्रिकेट सङ्घमार्फत प्रत्येक प्रदेशमा दुई जना महिला र तीन जना पुरुष खेलाडीलाई १५–१५ हजार नगद पारिश्रमिक दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट