आज मेष, कन्या र मीन राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, कन्या र मीन राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

आज मिति २०८१ भदौ १६ गते आइतबार । सन् २०२४ सेप्टेम्बर १ तारिख । नेपाल सम्बत ११४४ गुंलागा चर्तुदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४२ बजे भयो भने सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

कामका बाधाहरू हट्नेछन् भने नसोचेको ठाउँबाट धन प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइले काममा सहयोग जुटाउने छन् । सफलताको लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पराक्रम वृद्धि हुने तथा मान महत्व बढ्ने योग छ । भोजभतेरमा सहभागी हुने दिन छ ।

बृष

आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । विलासितामा धन खर्च हुने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनले पनि धोका दिन सक्छ । स्वास्थ्य पनि त्यति सवल नरहला । प्रतिकुलताका बाबजुद यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ भने मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन

आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । अर्थअभावले काम रोकिने सम्भावना छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सावधान रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

दिगो आम्दानी हुने काम सुरु हुने समय छ, तर आशा देखाउनेहरूले फसाउन सक्छन्, ध्यान राख्नुपर्नेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ भने विशेष प्रयास नगरिकनै लाभ हुने काम प्रारम्भ हुने योग छ । साझेदारीमा पनि राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । आरोग्यता रहनेछ । कार्यबलका साथै ब्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

सिंह

कामले धेरैलाई प्रभावित बनाउन सकिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ला । तर, सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले विशेष सचेतनाको खाँचो पर्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समान्य स्वास्थ्यगत समस्याले सताउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । रसरागको भाव पैदा हुनेछ ।

कन्या

केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । साझेदारीको काममा विशेष लाभ मिल्ने योग छ ।

तुला

ब्यस्तता एवम् दौडधुप बढ्नेछ । दिगो फाइदा हुने काम आरम्भ गर्ने समय भएपनि सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोलीको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक

नयाँ काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । आयआर्जन पनि राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यप्रति भने विशेष ध्यान राख्नु हितकर होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा विशेष आकर्षण रहला ।

धनु

बुद्धि विवेकको सही प्रयोग एवम् लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । हिम्मतले काम बनाउन सकिनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आरोग्यता रहनेछ । पराक्रम बढ्नेछ, साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर

आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना रहेकोले गोपनियतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहनाले कार्यसम्पादनमा केही असर पर्न सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ । छरछिमेकमा वादविवादको योग रहेकोले सजग रहनु उचित हुनेछ । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ

बन्न लागेको काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । तथापि, व्यापार–ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता रहनेछ ।

मीन

सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । सजिलैसँग काम बन्नाले उत्साह जाग्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट