नाडा अटो शो : स्काईवेलका ९९ वटा गाडीको बुकिङ-Sutra News

नाडा अटो शो : स्काईवेलका ९९ वटा गाडीको बुकिङ

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौं । नाडा अटो शोमा स्काईवेलका ९९ वटा बुकिङ भएकाे छ । अटो शोको पाँचौँ दिनसम्म स्काईवेलका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक जी मोटर्स प्रालिले ९९ वटा बुकिङ भएको जनाएको हो ।



बुकिङ भएकामध्ये इटी ५ बिई ११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको लिएको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।

हाल नेपालमा ४० वटाभन्दा बढी स्काईवेलका ईटी ५ प्रीमियम विद्युतीय यसयुभि बिक्री–बितरण भई सकेको उनले बताए ।

जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मुल्य ८५.९० लाख एबम ईटी५ को मुल्य १.१० करोड कायम गरेको कम्पनीले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्धि हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट