फेरि घट्न थाल्यो सुनको मूल्य-Sutra News

फेरि घट्न थाल्यो सुनको मूल्य

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि घट्न थालेको छ । बिहीबार प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य त्यसयता निरन्तर घट्न थालेको हो ।



शुक्रबार प्रतितोला ३ सय रूपैयाँले घटेको सुनको मूल्य आज साताको पहिलो कारोबार दिन पनि थप ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ लाख ५२ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५२ हजार ३ सय कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु १ हजार ८ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु १ हजार ७ सय ९५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट