काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हटाइएका महामन्त्री डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाहीबारे रास्वपामा पुनरावेदनको निवेदन दिएका छन् ।
ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिए । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५ औँ दिन मात्र सो सम्बन्धि पत्र पाएको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका हुन् ।
उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् । उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको दाबी गर्दै आफूले विरोध गर्ने बताए ।